विकासका एजेण्डाहरू बारे आजको वहसले चार पांच विषयमा घोत्लिनु पर्ने आवश्कता महशुस हुन्छ । कृषि तथा गैह्र कृषि क्षेत्रको उत्पादनमा उचित प्रविधिको छनौट, ब्यापक प्रतिभा तथा श्रम पलायनबाट रोक, भूमिको वितरण र उत्पादन पद्दतिमा सुधार, स्थानिय स्तरमा कच्चा पदार्थको उपलब्धताका आधारमा उद्योगहरूको स्थापना, देशको पहाडी क्षेत्रमा पनि उचित मात्रामा पूर्वाधार विकास आदि विषयहरूको सम्बोधनले हाम्रो आर्थिक विकासको गतिलाई तिब्र बनाउंछ । समस्या के हो भने हामीले हाम्रा विकासका अनुभवहरूको आधारमा आवश्यक एजेण्डाहरूलाई दह्रोसंग समातेर देश विकासको मौलिक बाटो (Fundamental path of Development) बनाउन सकेनौं । बिभिन्न अन्र्तराष्ट्रिय संघ संस्थाहरूका रिपोर्टहरूले हामीलाई आफैंले टेकेको जमीनको सच्चाई प्रति भ्रमित तुल्यायो । आफ्नै पसिना चुह।एका माटाका डल्लाहरू प्रति विश्वास घट्दै गयो । फलतः हाम्रो प्राथमिकता कृषि हो वा उद्योग ? सेवाक्षेत्र हो वा जलश्रोत ? वा यी सबैको सामान्यजस्यतामा हाम्रो श्रोत र अनुभवमा आधारित मौलिक बाटो ? हामी भ्रमित भईरह्यौं । अझ पनि आर्थिक विकासका प्राथमिकताहरू तय गरे पनि तिनीहरूलाई कार्यक्रमिक स्वरुप दिन सकिरहेका छैनौं ।
बढ्दो ब्यापारघाटाको क्षतिपूर्ति उत्पादनको मात्रामा हुने बृद्धिले गराउंछ । उत्पादनले नै सेवा क्षेत्रलाई बचतोन्मुख बनाउँछ र पुर्नलगानीका लागि सहज बनाउछ । तर हामीले लामो कालखण्डसम्म पनि यो बाटो अवलम्बन गर्न सकेनौं ।
कृषि क्षेत्र अपहेलित जस्तै छ । तर यो क्षेत्र सेवा क्षेत्र र हाम्रो सामर्थको उद्योग क्षेत्रको पनि रक्तसंचारको धमनी हो । कृषि क्षेत्रको अनुपस्थितिमा हाम्रा अन्य क्षेत्रहरू राम्रो परिणाममुखी हुन प्रायः असम्भव छ । फेरि कृषि उपजहरूलाई औद्यगिक कच्चा पदार्थको स्तरमा उत्पादन गर्नु र तिनलाई उद्योगसंग जोड्ने क्रममा बिभिन्न मूल्य श्रृङ्खलाहरूमा श्रमलाई आमन्त्रण गर्दै रोजगारीका समस्या सम्बोधन गर्नु हाम्रो आर्थिक मात्र होइन सामाजिक कार्यभार समेत हुन पुग्छ । उत्पादन देखि उपभोग वा निर्यातसम्मको यो श्रृङ्खलाले बजारको मागको आपूर्ति गर्नुका साथै आर्थिक क्रियाकलापको संजाल (ल्भतधयचप) बनाउदछ । यस विधिले मात्र अर्थतन्त्रमा श्रमको उपयोग हुनसक्छ । पूजींको आमन्त्रण र संचय गर्न सक्छ । बेरोजगारीको समस्या धेरै हदसम्म हल गर्न सक्छ ।
... पूरा पढ्नुहोस्कृषि क्षेत्र हाम्रो आर्थिक विकासको मेरुदण्ड हो । यसले गार्हस्थ उत्पादनको महत्वपूर्ण हिस्सा ओगटेको छ । तर हाम्रो सन्दर्भमा कृषि क्षेत्रमा व्यवसायिकीकरण र यान्त्रिकीकरण उचित र आवश्यक रुपमा हुन सकेको छैन् । कृषिलाई उद्योगसंग जोडने कुरा त नगन्य नै छ, तर भूमिको वितरण र उपभोगमा सहजताका लागि केहि कानूनहरू निर्माण गर्दै कृषि कर्मलाई ब्यवसायिक बनाउने, यसलाई प्रबिधिसंग जोडने र कृषि उत्पादनलाई उद्योगसंग संयोजन गर्दै अगाडी बढ्नु आजको आवश्यकता हो ।
आज देशले ब्यहोरी रहेको व्याापारघाटालाई पनि यिनै एजेन्डाहरूको कार्यान्वयनले मात्र न्यूनिकरण गर्न सक्छ र थप रोजगारी श्रृजना गर्न सक्छ । कृषिको व्यावसायिकीकरण गर्दा देखिएका चुनौतिहरू भनेको यस पेशालाई मर्यादाका आँखाले हेर्न नसक्नु पनि हो । आजका युवाहरू कृषिलाई नै आफ्नो मूल पेशा बनाई रहेका छैनन् । ‘स्थायी पेशा नअंगालुञ्जेलसम्मका लागि मात्र’ कृषि भन्ने मनोविज्ञानले यस क्षेत्र प्रतिको सम्मान के छ भन्ने कुराको ज्ञान भईरहेकै छ । त्यसकारण कृषि क्षेत्रमा व्यावसायिकता, यान्त्रिकता र अनुसन्धानको आवश्यकता मात्र होइन यस क्षेत्रको सम्मान गर्न एक सामाजिक र मनोबैज्ञानिक आन्दोलनको अभियान पनि आवश्यक छ ।
यस्तै आवश्यकताहरू पूर्तिकालागि हामी देशको आर्थिक क्षेत्रमा दह्रोसंग उपस्थित भएका छौं । हाम्रो औद्योगिकताको कमजोरी के पनि हो भने हामी हाम्रा भएका उद्योगहरूका लागि पनि कच्चा पदार्थ देश बाहिरबाट आयात गर्दछौं । संभव हुँदा हुँदै पनि त्यतातिर हाम्रो ध्यान गएको छैन । कच्चा पदार्थ आयात गरेर खोलिने उधोगहरूले व्यापार सन्तुलनमा खासै ठूलो योगदान दिदैनन् भने रोजगारी श्रृजना गर्ने काममा पनि न्यून उपलब्धी नै रहन्छ । यस तथ्यलाई ह्रदयंगम गर्दै हाम्रो अभियानमा उद्योगलाई चाहिने कच्चा पदार्थको उत्पादन स्थानिय स्तरमै गर्ने उद्देश्य छ । यसले स्थानिय कृषक र उपभोक्तालाई उद्योगसंग जोड्ने र उद्योग वा कम्पनी स्थानिय समुदायसंग जोडिने हुन्छ । यसले देशको अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याउने आशा गरेका छौं ।
युवाहरूको पलायन देशको विकास र सम्बृद्धिका लागि अवरोधकको रुपमा खडा हुदैछ । हामीले श्रम र जनशक्तिको पलायनलाई रोक्ने अभियान स्वरुप पनि यो कदम चालेका छौं । युवाहरूलाई आफ्नो देश र पाखुरी प्रतिको विश्वास नवढाएमा हाम्रो दायित्व पुरा हुदैन । हामी यहि अभियानका साथ निस्केका छौं । यसमा सबैको साथ र सहयोगको अपेक्षा राखेका छौं ।